Rashtriya Dainik

स्थानिय तहले कमिसन लिदै मिलोमतोमा ठेक्का आह्वान गर्ने गरेको निर्माण व्यवसायीको आरोप

दोरेन्द्र खड्का /बझाङ ६ असार

सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङका स्थानिय तहहरुले निर्माण व्यवसायीहरुबाट कमिसन लिएर मिलोमतोमा ठेक्का आह्वान गर्ने गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन ।
निर्माण व्यवसायीहरुले जिल्लामा खोलिने २ करोड देखि २० करोड सम्मका ठूला ठेक्कामा स्थानिय तहका जन प्रतिनिधि र कर्मचारी एवं निर्माण कम्पनिको मिलोमतोमा ठूलो रकम कमिसन लिई ठेक्का दिने गरेको आरोप लगाएका हुन ।
जिल्लाको मष्टा गाउँपालिका मा आह्वान गरेको झण्डै ५ करोडमा निर्माण लागतमा निर्माण हुन थालेको पार्क निर्माण र चिर बित्थडमा झण्डै १७ करोड लागतमा निर्माण हुन थालेको १५ शैयाको अस्पताल एवं छबिस पाथिभेरा गाउँपालिकामा झण्डै १२ करोडको लागतमा निर्माण हुन थालेको अस्पतालमा झण्डै प्रति ठेक्का २ देखि ३ करोड सम्म कमिसन चलखेल भई ठेक्का आह्वान गरेको जनाएको छ ।

कमिसन को चलखेल पश्चात स्थानिय तहले ठेक्का आह्वान गर्दा असलार मेसिनरी वाल सम्बन्धि कार्य गरेको भन्ने शव्द राखि ठेक्का आह्वान गर्ने गरेको पाइएको छ । सो सम्बन्धि निर्माण कार्य गरेका निर्माण कम्पनिहरु नेपालमा १ या २ मात्र भएको र सोहि कम्पनि सँग मिलोमतो गरी स्थानिय तहहरुले ठूलो रकम असुल गर्ने गरेको निर्माण व्यवसायी दिनेश बोहराले बताए । उनले भने बोलपत्र आह्वान गर्दा स्थानिय तहले असलार मेसिनरी वाल सम्बन्धि कार्य गरेको भन्ने शब्द राख्ने गरेको पाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित