विरगंज ४ गते
यादव यूवा समाज,नेपालले विगत केही दिन देखि यस पर्सा जिल्लालाई अधार बनाएर विभिन्न समाजिक कार्य गर्दै आएको छ । समाजमा पिछिडिएकाका वर्गहरुको उत्थान र बन्चीत बर्गहरुको सहयोग गर्ने लक्ष्य प्रथम लक्ष्य हो भनी संस्थाका अध्यक्ष विनोद यादव बताउछ्न, मात्र राजनितिका आस्थाबाट जातिय समाज निर्माण हुने गरेको दृषान्त हाम्रो समाजमा रहेको छ । चुनावी स्वार्थपूर्तीका लागि कयौ जातिय संगठनहरु विगतमा निर्माण भए र निसकृय पनि भए तर हामी हाम्रो समाज रहेको गरिवी,शिक्षा,स्वास्थ लगायताका कार्यहरुमा अग्रसर भएर काम गर्ने सोच छ ।
त्यसै क्रममा पर्सा जिल्लाको नरायणी अस्पतालमा कोरोना माहामारीमा सहयोग गर्ने उद्धेश्यले हाम्रो टिमहरु गयो तर त्याहा पहिलै नै टेन्डरबाट खाना,नास्ता र दुधको व्यवस्था भई सकेको जानकारी आयो तर र्सजिकल मास्कको अभाव र किन्ने झन्झटले याहाँका विरामीको कुरुवाहरु एउटै मास्क लगाउने गरेको गुनासो कोभिड सँयोजक सरोज रोशन दासबाट जानकारी पाउन साथ हाम्रो टिमले नरायणी होस्पीटलको गेटमा मास्कको फलामे बस्सा बनाई दिन्हु १०० पिस मास्क राख्ने गरेका छौ । साथै विरगांजको घन्टाघमारमा रहेको प्रहरी बिटमा पनि एउटा मास्क बैक स्थापना गरी मानव सेवा निमित्त सक्दो सहयोग गर्ने गरेका छौ भन्नु हुन्छ संस्थाका सल्लाहकार रविन्द्र यादव साथै हामीहरु यस लकडाउनको अवधीमा कसैला एक छान खान कमी भए र विहेवारीमा कुनै प्रकारको सहयोग चाहिएकमा हामी समाजका साथीहरु मिलेर चन्दा संकलन गरेर सहयोग गर्ने गरेका छौ ।
यसरी पर्साका यादव युवा समाजका यूवाहरु प्राय जसो मानव सेवा अगाडी आउने अठोटका साथ अगाडी बढदै छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

