Rashtriya Dainik

भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १० लाख बढीको खसी नियन्त्रणमा

ज्ञानेश्वर सहानि/ बिनाेद निगम , नवलपरासी ३ असार

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नम्बर ४ दरखासेमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १० लाख बढीको खसी प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको १० लाख १२ हजार मुल्य बराबरका खसी प्रतापपुर ४ दरखासेमा सिमा प्रहरी चौकी महेशपुरले ४६ वटा खसी नियन्त्रणमा लिइएको हाे।

भारतबाट खसीहरु पैदल डोरीमा बाधी डाेर्याएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त खसीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकरी दिनुभयो ।

नियन्त्रणमा लिइएका सबै खसीलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको डिएसपी लामाले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित