Rashtriya Dainik

सरावल गाउँपालिकाद्धारा किशोर किशोरी सञ्जाललाई स्वस्थ्य सामाग्री हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,३ असार

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाद्भारा किशोर किशोरी सञ्जाललाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । सरावल गाउँपालिकामा एबिसि नेपालद्धारा सञ्चालित प्रतिभा किशोर किशोरी सञ्जाललाई सरावल गाउँपालिकाले स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको हाे ।

सरावल गाउँपालिका वडा नम्बर ४ स्थिति सञ्चालित प्रतिभा किशोर किशोरी सञ्जालले वडा भित्रका सम्पूर्ण किशोर किशोरीहरुलाई काेराेना महामारीको विषम परिस्थितिमा जनचेतना जगाई स्वास्थ्य मापदण्डअनुसार सतर्कता पुरबक बस्न सिकाउदै माक्र्स लगाएतका स्वास्थ्य सामाग्री वितरण गर्दै अाईरहेको छ । याे सराहनीय कामलाई मध्यनजर गर्दै किशोर किशोरीहरुकाे सुरक्षाको लागि गाउँपालिकाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे ।

विगतका समयदेखि नै विश्वमा अाक्रान्त बनाईरहेकाे काेराेना महामारीले नेपाल पनि जुधिरहेकाे छ । यश विषम परिस्थितिमा सरावल गाउँपालिकामा एविसि नेपालद्धारा सञ्चालित किशोर किशोरी सञ्जालहरुले काेराेनाबाट बच्नकाे लागि विभिन्न स्वास्थ्य सतर्कता अपनाई अाम जनसमुदायमा जनचेतना जगाईरहेकाे बताउदै किशोर किशोरीहरुकाे स्वस्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको पालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।

गाउँपालिकाद्धारा सञ्जालका किशोर किशोरीहरुकाे सुरक्षाका लागि १ डब्बा माक्स , ३ दर्जन साबुन र ५ लिटर सेनिटाईजर लगाएका स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल , सञ्जालकाे काेषाध्यक्ष नितु पाण्डेय , पत्रकार मेहश यादव , समाजसेवी लिलाधर पाण्डेय लगाएको उपस्थितिमा हस्तान्तरण गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित