Rashtriya Dainik

यूवा सचेतना संस्थाद्वारा ७० घरधुरीलाई खाद्यान्न वितरण

उमेश बि.क / नवलपरासी ,२ असार

पश्चिम नवलपरासीको रामग्राममा यूवा सचेतना संस्थाले ७० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ।

लगातार ३ दिनको अबिरल बर्षाले गर्दा नदिको किनारमा बसोबाँस गर्ने मानिसहरूको जीवन कष्टकर रहेको भन्दै यूवा सचेतना संस्थाले रामग्राम २ मा चिउरा,चाउचाउ,दालमोट वितरण गरेको हाे।

खाद्यान्न वितरण रामग्राम २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरी ,वडा सदस्य धिरज हलुवाई ,
संस्थाका सल्लाहकार सुधिर चोैधरी ,समाजसेवी ईरफान पठान ,समाजसेवी धिरज अधिकारी ,समाजसेवी जितेन्द्र गुप्ता
लगाएतकाे उपस्थितिमा वितरण गरिएको हाे ।

बाढी प्रभावित परिवारको तत्कालको खाँचो टार्न सहयोग गरिएको जनाएको छ । बाढी प्रभावित समुदाय तथा ब्यक्तिलाई खान बिन भाेकभाेकै बस्न नपराेस भनी खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष इमामुल अलि खानले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित