Rashtriya Dainik

प्रतापपुरमा कार्यवाहक अध्यक्ष चाैधरीद्वारा मास्क बैंक उदघाटन

उमेश बि.क / नवलपरासी ,३१ जेठ

पश्चिम नवलपरासीको प्रतापपुरमा अाइतबार मास्क बैंक उदघाटन गरिएको छ ।

मधेश मानव अधिकार गृह‌ माहुरीहोमद्वारा कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बेलाटारीमा मास्क बैंक सञ्चालनमा ल्याएको छ ।

कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको अाइतबार प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरीले उदघाटन गर्नुभएको हाे।

मास्क बैंकको उद्घाटनमा बोल्दै कार्यवाहक अध्यक्ष चाैधरीलेले कोरोना सक्रमणबाट बचाउने सबैभन्दा भरपर्दौ मास्क हुने भन्दै बैंकले मास्कको अभाव पुरा गर्ने विश्वास ब्यक्त गर्नुभएको हाे।

मधेश मानव अधिकार गृह‌ माहुरीहोम सहजकर्ता अनिल यादवले मास्क बैंकको उद्देश्यबारे प्रष्ट पारे । उनले मास्क बैंक स्थापना गर्ने बिषयमा सार्वजनिक गरे पश्चात सकारात्मक सुझाव प्राप्त भईरहेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित