Rashtriya Dainik

विश्व रक्तदान दिवसको अवसर पारि बर्दघाटमा रक्तदान कार्यक्रम सम्पन्न

महेश यादव नवलपरासी, ३१ जेष्ठ
विश्व रक्तदान दिवसको अवसर पारि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आयोजना तथा बर्दघाट रेडक्रस उपशाखाको सहयोगमा सोमबार बर्दघाट ४ बर्दघाट पुरानो चौकी परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको समाजका सहसचिव प्रकाश न्यौपानेले जनाकारी दिनुभएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बस्यालले यस कोरोना महामारीको दोस्रो भेरियन्टको विषम परिस्थितिमा अस्पतालहरुमा आक्सिजनको साथै रगतको समेत अभाव भएको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको रक्तदान कार्यक्रमले जिल्लामा रगत अभाव हुन नदिन अहम भुमिका खेलेको बताउनुभयो । साथै उहाँले यस कार्यक्रममा रक्तदान गरेका सम्पूर्ण रक्तदाता र आयोजक टिमलाई धन्यबादज्ञापन गर्दै मानव हितलाई ध्यानमा राख्दै यहाँहरुले गर्ने हरेक क्रियाकलापमा बर्दघाट नगरपालिकाको सदैव साथ र सहयोग रही रहने प्रतिबद्धता जनाउनुभएको थियो । बिश्व रक्तदान दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज नेपालले देशब्यापि रुपमा ७७ वटै जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेको हुदा जिल्ला कार्यसमिति नवलपरासी पश्चिमले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको र यस कार्यक्रमलाई सफल पार्न साथ र सहयोग गर्नेहरु प्रति समाजका अध्यक्ष अधिकारीले आभार प्रकट गर्नुभएको थियो । सो कार्यक्रममा बर्दघाट रेडक्रस उपशाखाका सभापति नारायण प्रसाद अधिकारी, समाजका पदाधिकारी लगाएत रक्तदाताहरुको सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित