दिपेन्द्र खत्री-जेष्ठ ३० अर्घाखाँची । परोपकार युवा समाज नेपाल अर्घाखाँचीबाट अध्यक्ष पदमा हलिम खाँन मनोनित भएका छन् ।उनी अध्यक्षमा मनोनित भएपछी खाँनले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।

सस्थाको उपाध्यक्षमा विमला जि.सी , सचिवमा सरु सुनार ,कोषाध्यक्ष केशव ज्ञवालि, सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क., डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे ,सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेकाे उक्त संस्था ले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु ,
आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् ।
त्यस्तै सचिबमा मनोनित भएका पन्थीले पनी आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएकी छिन् ।अध्यक्षमा मनोनित भएका खाँन पत्रकारिता सहित विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रुपमा आबद्ध छन् ।
उक्त सस्थालाई अाज एक कार्यक्रम मार्फत अर्घाखाँचीमा गठन गरिएको उक्त सस्था का अध्यक्ष खाँनले जानकारी दिए।यो सस्था नेपालभरका जिल्लामा बिस्तार गरिने खाँनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

