हलिम खाँन /अर्घाखाँची
अहिले कोरोना विरुद्धको खोप ६० देखि ६४ बर्ष सम्मका व्यक्तिले लगाउने भनिए तापनि अर्घाखाँची स्वास्थ्य कार्यालयमा भने खोप लगाउने लाइनमा सो उमेर समूहभन्दा कम उमेर समुहका व्यक्तिहरुको बाक्लै उपस्थित देखिन्थ्यो ।
पहुच र सम्पर्क भएका व्यक्तिका लागि उमेर हद नलाग्ने र चोर बाटो हुदै छिट्टै भित्र प्रवेश गराइएको भन्दै लाइनमा आफ्नो पालो कुरेर बसेका सामान्य जनताको गुनासोलाई समेत सत्ता र शक्तिको आडमा बेवास्ता गरिएको भन्दै व्यापक असन्तुष्टि व्यक्त भएको छ ।
त्यस्तै पहिलो खोपको सकियो भनि दोश्रो डोज लगाउन सुरु भयो । दोस्रो खोप लगाउन सुरु भएको केही घण्टा पछि तरुणदलका जिल्ला अध्यक्ष नारायण खड्का र अस्पताल विकास समितिका पूर्व अध्यक्ष राम बहादुर चौहान लगायतको टोलिले डोज कति आएको र कति सकियो ? कति जनाले लगाए भनी खोजतलास गरे।
त्यसपश्चात करिब ५० डोज भन्दा बढी स्टक गरेको तथ्य वहिर आयो तर फेरी त्यहाँ कार्यरत स्वास्थ्य कर्मीले खोप लगाईदिन नमानेपछि वाङ्गला वाट स्वास्थ्य कर्मी बोलाई थप ५० जनामा खोप लगाएको पूर्व अध्यक्ष चौहानले जानकारी दिए ।
खोप लागाउन गएका एक वृद भन्छन् “ पहिला खोप छैन भनेर फर्काए खै को कस्ले गर्दा हो पछि खोप लगाउन पाइयो” । उता दोस्रो डोजको खोप पनि लगाउन पाईन्छ भन्ने सूचना समेत नगरेको भन्दै जनता आक्रोशित भएका छन् ।
एक स्थनियको गुनासो भने यस्तो छ “ हिजो ६० बर्ष पुग्न ३/४ महिना नपुगेका वृद्ध हरुलाई तपाईहरुको उमेर पुगेको छैन भन्दै फिर्ता गरे आज किशोर किशोरीलाई समेत खोप लगाईदिए,यो त अति भयो” ।
उता जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीले भने “ खोपमा आफूहरुको कुनै गलत मनसाय नभएको तर नागिरक स्तरको दवावका कारण यस्तो हुन गएको बताए” ।
नागरिक पनि सचेत हुनु पर्ने हो यस महामारी नियन्त्रणको लागि सवैको उत्तिकै भूमिका रहेको र स्वास्थय कार्यालय एक्लै यसमा केहि गर्न नसक्ने भन्दै सवैलाई संयमित हुन आग्रह समेत गरेका छन् ।
खोपको विषयमा भएको छलफलका क्रममा दुवै पक्ष विच चर्का चर्की समेत भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

