उमेश बि.क / नवलपरासी ,२७ जेठ
नवलपरासीको सरावल गाउँपालिकाले काेभिड बिशेष कृषि कार्यक्रम ल्याएको छ।
बिदेशबाट फर्केका र ब्यवसाय उन्मुख कृषकहरुलाई कृषि बिकास प्राेत्साहन कार्यक्रम तथा बालिको उत्पादन र उत्पाकत्व बुद्धिका लागि बीउ उत्पादक कृषक , कृषक समुह वा सहकारीलाई प्राेत्साहन कार्यक्रम सरावल गाउँपालिकाले ल्याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पाैडेलले जानकारी दिनुभएको छ ।

काेभिड बिशेष कृषि कार्यक्रम अन्तर्गत ब्यवसायिक खेती गर्न चाहने र बिदेशबाट फर्केका युवा,अाफ्नै र अरुको जग्गा भाडामा खेती गर्न चाहने र अन्य कार्यक्रममा माैका नपाएका कृषकहरु तथा अति बिपन्नलाई बिशेष प्राथमिकता दिइएको अधिकृत पाैडेलले जानकारी दिनुभएको हाे ।

काेभिड बिशेष कृषि कार्यक्रममा कृषि कार्य अनरुप सामुहिक रुपमा अाउने र सहकारी मार्फत सन्चालन हुने परियोजनाकाे लागि १० लाख तथा अनुदानग्राहीलाई २० हजार उपलब्ध गराइने भएको हुनाले अनुसुचि ३ ,४ बमोजिम निबेदन र प्रस्ताव तथा नागरिकताको प्रतिलिपि वा ब्यवसायिक / कृषि फर्म भए दर्ता प्रमाण पत्र ,वडा कार्यालय वा कृषि प्राबिधिककाे सिफारिस लिएर जेठ २८ गते भित्र सरावल गाउँपालिका अन्तर्गतका कृषकलाई कार्यालयमा सम्पर्क गर्न अधिकृत पाैडेलले अाग्रह गर्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

