तुलसी राम पौडेल -मायादेवी , जेष्ठ २३
रुपन्देहीको मायादेवी गाउपालिकामा कोरोना नियन्त्रणको लागि एन्टिजन परिक्षण सगसगै पोजिटिभ देखिएकालाई आयुर्वेद तथा एलोपैथि औषधि दिने गरिएको छ।त्यसको साथ साथै सक्रमितलाइ कोभिड सम्बन्धि आवश्यक परामर्श दिनुको साथै ब्यायाम, ,प्राणायाम समेतको अभ्यास गराउदा सक्रमितको उपचार सफल भएको आयुर्वेद शाखाका कविराज ध्रुव राज भण्डारीले बताउनु भयो।
आयुर्वेद शाखाका कविराज ध्रुव राज भण्डारीको टिम र एलोपैथि तर्फ सिनियर अहेव अधिकृत प्रभुनाथ चौधरीको टिम सक्रमितको घर घरमा गैइ औसधि वितरण गर्नुको साथै आवश्यक परामर्श दिने कार्यमा खटिएको मायादेवी गाउपालिका स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रयले बताउनु भयो ।मायादेवि गाउपालिकामा दोस्रो लहरको कोरोना सक्रमण भएदेखि अहिलेसम्म २८२ जना कोरोना पोजिटिभ भएमा २०५ जना निको भएर घर गएका छ्न ।
दोस्रो लहरको क्रममा अहिलेसम्म ९ जनाको निधन भएको छ।हाल ६६ जना होम आइसोलेसनमा छन् भने २ जनाको मायादेवी -३ बरेवा स्थित कोभिड अस्पतालमा उपचार भैरहेको स्वास्थ प्रमुख आत्रयले बताउनु भयो।आइतबार मायादेवि -१ धमौलि स्वास्थ्य चौकीमा ४० जना एन्टिजेन परिक्षण गरिएकोमा १ जना मात्र कोरोना पोजेटिभ आएको थियो ।आइतबार नै ७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य प्रमुख भाष्कर आत्रयले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

