२१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ । नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । यद्यपि विगतको जस्तै राष्ट्र बैंक अगाडि लाइन लगाएर दिने सम्भावना कम रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । कोरोना भाइरस (कोभिड–१९) को जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा विगतको जस्तो राष्ट्र बैंकमै बोलाएर लाइन लगाएर वितरण गर्दा कोरोना सर्ने जोखिम हुने भएकाले नयाँ विकल्प सोचिने प्रवक्ता भट्टले बताए । बैंकहरुलाई भने राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने उनले जानकारी दिए । ‘कोरोनाको कारण विगतको जसरी बाँड्ने सम्भावना कम छ, सम्भवतः बैंकहरुले पनि विगतको जसरी बाँड्दैनन् होला,’ उनले भने, ‘नयाँ नोट दिने भन्ने कुरा त हो तर कुन विधि अपनाएर वितरण गर्ने भन्ने निर्णय हुन बाँकी नै छ ।’ दशैंको दक्षिणा दिनका लागि नयाँ नोट वितरण गर्ने चलन चल्दै आएको छ । विगतमा राति उज्यालो नहुँदै सर्वसाधारणहरु नयाँ नोट साट्नका लागि राष्ट्र बैंकको कार्यालय अगाडि गएर लाइन लाग्ने गर्दथे । दशैंमा नयाँ नोट वितरण गर्दा नोटको आयु घटेको भन्दै राष्ट्र बैंकले दशैंबाहेकका अन्य चाडपर्वहरुमा पनि वितरण गर्ने गरेको छ । तर सर्वसाधारणले भने नयाँ नोट लिन दशैं नै कुर्ने गरेका छन् । यो पनि पढ्नुहोस दशैंमा नयाँ नोट छाप्दा ७९ करोड खर्च यो पनि पढ्नुहोस नोट केरमेट गरे जेल जानुपर्ला, यसरी गर्नुस् जतन राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।