उमेश बि.क / नवलपरासी ,२० बैशाख
पश्चिम नवलपरासीमा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला निषेधाज्ञा गर्ने तयारी थालिएको छ ।
नवलपरासीको ७ वटा स्थानीय तह मध्ये सदरमुकाममा नै उच्च जोखिम रहेकोले निषधेज्ञा गर्ने तयारी गरिएको हाे।
कोभिडको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा नै विकल्प भएपछि निषेधाज्ञाको तयारीका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासीले बैशाख २१ गते राति १२ बजेबाट लागुहुनेगरी बैशाख ३१ गतेसम्म निषेधाज्ञाको तयारी थालिएको हाे।
आइतबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १९ सय १८ पुगेको छ । अब जिल्ला भित्र ४ सय २९ जना सक्रिय सक्रमित रहेका छन् ।
हालसम्म पश्चिम नवलपरासीमा मात्रै ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

