Rashtriya Dainik

सरावल गाउँपालिकाको कार्यालय बैशाख १७ देखि २४ गतेसम्म बन्द

उमेश बि.क / नवलपरासी ,बैशाख १६ ।

सरावल गाउँपालिकाले नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केहीदिन कार्यालयको सेवा प्रवाहमा कटौति गरेको छ ।

विहिबार एक सूचना जारि गर्दै सरावल गाउँपालिकाले शुक्रबार बैशाख १७ गतेदेखि २४ गते सम्म अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण सेवा बन्द गरिने जनाएको हो । गाउँपालिकाकी एक महिला कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिने भएको हो ।

सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले महामारीबाट जोगिन आफै सुरक्षित भई बस्ने, नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न, भिडभाड हुने कुनै पनि सभा सम्मेलन नगर्न सूचनामा मार्फत आग्रह गर्नुभएको छ । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित