Rashtriya Dainik

जिवन चक्र

जिवन सुन्दर छ । मान्छे को जिवन आफैमा सन्दूर र अप्रिय लाग्छ । हामी आफै संक्षम प्राणी हौ । पशु र मान्छे केहि मात्र भिन्नेत छ । मान्छे सोच्ने काल्पनीक अथवा सक्षम आफैमा छ भने, पशुृ खाने हिड्ने सुत्ने बाहेक अरु असक्षम छन् । मान्छेको जिवनमा काम गर्ने खाने, सुत्ने र धन सञ्चय गर्ने मात्र होईन ।

जिवन आफैमा स्वतन्त्रता छ । जिवन जिउनु स्वयम व्यक्ति को अधिकार हो । जिवन उत्तरचढाउ हुन्छ । जति सुकै अप्ठारा परिस्थिती आए पनि मात्तिनु र आत्तिनु हुदैन । जिवन एउटा चक्रमा बाधिएको हुन्छ ।

मानिसको चोला दुईदिनको घाम छाँया जस्तै हो भन्ने गर्छन । मानिस असन्तुष्ट ले आत्तियो भने जिवन अपूरो छ । त्यसैले जिवन सन्तुलित गर्न जान्नु पर्छ ।
बिश्वको अनुपात हेर्दा नेपालीहरु धेरै संर्घषशिल बर्गमा समेटिने गर्दछन् । जिवन एकरुपले मतथर भएर बगेको हुदैन । जिवन सार्थक बनाउदै जाँद धेरै उत्तर चढाउ बेहोर्न पर्ने हुन्छ । नेपालीहरु धेरै संघर्ष र त्यागी हुनाले संसार भर नामी छ ।

नेपाल भित्र पर्ने नेपाललाई चार बर्ण छत्तीस जातिको पूmलबारी भनिएको छ तर कुनै फूल ढकमक्क फुलेको छ, भने कुनै फूल ओईलाई मर्ने तरखरमा छ । यी फूलहरुको रेखदेख गर्ने जिम्मा राजा, राणा, पञ्चायत हुदै बहुदलबादीहरु वा काँग्रेस, एमाले र माओबादी दलहरुको काँधमा आएको छ । राजसंस्था त तानाशाही थियो, स्वभाबिक त्यस मालीले फूलको राम्रो हेरचाहा गरेन तर अहिले सत्ताको स्वाद लिईसकेको काँग्रेस, कम्युनिष्टहरुले पनि ईतिहासमा शासकले गरेको गल्तीलाई पछ्याउने ठिक सम्झे ।

त्यस्तै गोरखपूर घटना पनि नेपाली समाजमा मिल्दोजुल्दो पाउन सकिन्छ । गोरखपूर कटनीकी मेयर पदमा त्यहाँका बुद्धिजीवी र यूवाहरुले हात्ती पार्टीका नेताहरु बारम्बार जित्ने तर काम नगर्ने, भ्रष्ट र निर्लज्ज नेताहरुको बिरुद्ध तेस्रो लिङ्गी कमला मौसीलाई उम्मेद्धबार बनाई दुई ठूला हात्ती पार्टीको बिरुद्धमा स साना पार्टीहरुबाट पनि समर्थन जुटाईदिएका थिए । लगभग दुई हजार भोटले जितेर भारतको प्रथम तेस्रो लिङ्गी मेयर बन्ने सौभाग्य प्राप्त गर्यो । तेस्रो लिङ्गी संग हारेका काँग्रस र भाजपा ठूला पार्टीका भ्रष्ट नेताहरु को ठूलो बेईज्जेतको साथ राजनीति जीवन नै समाप्त भएर गयो ।

यी दुई उदाहरुणले यो सावित गरेको छ जनता कसैको पेवा होईन, पार्टीको सदस्यता हुँदैमा भ्रष्ट व्यक्तिलाई भोट दिनु भनेको आफूलाई र सिँगो राष्ट्र लाई धोका दिनु सरह हो ।

✍️✍️✍️✍️✍️संजय सिंजाली मगर✍️✍️✍️

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित