Rashtriya Dainik

रेप्सा रुपन्देहीको १६ औ साधारण सभा तथा ९ औँ अधिवेशन

तुलसी राम पौडेल /फर्साटिकर, बैशाख ११

राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन रेप्सा रुपन्देहीको १६ औ साधारण सभा तथा ९ औ अधिवेशन एवं सम्मान कार्यक्रम शुद्दोधन -४ स्थित रिद्दी सिद्दी पार्टी प्यालेसमा सम्पन्न भयो।लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन ,स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरिले कार्यक्रमको उद्घाटन गर्नु भयो ।सो अवसरमा रास्टको शैक्षिक विकासमा निजी विद्यालयको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले सस्थागत विद्यालयमा रोजगारमुलक शिक्षा अपनाउनु पर्नेमा जोड दिनुभयो ।पढिसकेपछी रोजगारको लागि गुहार माग्न नपरोस उहाको भनाइ थियो ।प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले राज्यले शिक्षामा विभेदकारी नीति लिएको आरोप लगाउनु भयो ।सामुदायिक र सस्थागत विद्यालयमा गरिएको विभेदबाट सस्थागत विद्यालयका विद्यार्थीहरुले राज्यप्रती गरिने सम्मानमा असर पुग्ने बताउनु भयो ।समाजले उच्च नैतिकता ,राष्टप्रेमी व्यक्ति खोजेको हुनाले समाजको आवश्यकता अनुसार शिक्षा प्रणालीमा परिवर्तन हुनुपर्ने प्याब्सन अध्यक्ष पौडेलको भनाइ रहेको थियोे ।
नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवं केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले नया ढङ्गले बालबालिकालाई शिक्षा दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यावसायिक संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापगाई ,फर्साटिकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्ती ,ज्ञान् पुन्ज विद्या मन्दिर मानपकडिका प्रीन्सिपल भुमिराज जिसि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा रेप्सा अन्तरगतका विद्यालयका उत्कृष्ट शिक्षक , लेखापाल ,कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
रेप्सा रुपन्देहीका अध्यक्ष कुलराज शर्माको अध्यक्षता, उपाध्यक्ष ऋषिराम बस्यालको स्वागत मन्तव्य ,सल्लाहकार कपिलमणी ढकालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सन्चालन रेप्सा सचीव रामकृष्ण खनालले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित