Rashtriya Dainik

प्रतापपुरमा स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम विहीबार सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,११ भदौ

पश्चिम नवलपरासी प्रतापपुरमा स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम विहीबार सम्पन्न भएको छ।

गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८२/८३ को सत्रमा स्वास्थ्य संस्थाहरुले गरेको प्रगति विवरण,भावी रणनीति,चुनौती र उपलब्धि सहितको विवरण हरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो।
प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीको अध्यक्षतामा समिक्षा कार्यक्रम गरिएको अवसरमा उपाध्यक्ष चौधरीले प्रतापपुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र साझेदारी संस्था बिचको आपसी तालमेलका कारण सन्तोषजनक परिणाम आएको बताउनुभयो।

उहाँले प्रतापपुर गाउँपालिकामा सहमति, सहकार्य,एकता र मेलमिलापको माध्यमबाट सबैको सहयोगले समिक्षा कार्यक्रम उपलब्धिमूलक रहेको जिकिर पनि गर्नुभयो।
कार्यक्रममा वडा न.९ का वडा अध्यक्ष जयकिसुन चौधरीले जिल्ला स्वास्थ्य कार्यालय र सरोकारवाला निकायको पुर्ण सहयोगबाट नै प्रतापपुरको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको धारणा राख्नुभएको थियो।
सो अवसरमा प्रतापपुर ७ का निमित्त वडा अध्यक्ष हरिराम पासीले जनप्रतिनिधि र स्वास्थ्य चौकीका कर्मचारीहरुले योजनाबद्ध रुपमा गरेको प्रयासबाट नै सन्तोषजनक नतिजा आएको प्रष्ट्याउनु भयो।
कार्यक्रममा स्वस्थ्य चौकीहरुको तर्फबाट बिनोद कुमार कोहार,हातेमालो संस्थाका प्रतिनिधि मीन राना,जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत यवदेव न्यौपाने लगायतले समिक्षा कार्यक्रमको उद्देश्य र उपलब्धि बारे प्रकाश पार्नुभयो।

“हामी सबैको सार्थक प्रयास,प्रतापपुरको समग्र विकास” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो।
समिक्षा कार्यक्रममा प्रतापपुर गाउँपालिका का स्वास्थ्य संस्था मध्ये विभिन्न २७ सुचक पार गरी उत्कृष्ट भएका ३ संस्थाहरुलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको प्रतापपुर स्वास्थ्य शाखा प्रमुख मन्तोष मुराउले जानकारी दिनुभएको छ।
उत्कृष्ट हुने स्वास्थ्य संस्थाहरुमा गुठी सुर्यपुरा प्रथम,प्रतापपुर स्वास्थ्य चौकी िद्वतीय र जगन्नाथपुर आधारभूत स्वास्थ्य केन्द्र तृतीय भएको आयोजकले बताएको छ।

प्रतापपुर गाउँपालिकामा हेल्थपोस्ट ७, आधारभूत स्वास्थ्य केन्द्र २, आधारभूत अस्पताल १ र वर्थिङ सेन्टर ४ रहेको जनस्वास्थ्य अधिकृत बबिता खडकाले जानकारी दिनुभयो।
वार्षिक समिक्षा बैठकमा प्रतापपुर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरुले आफ्नो स्वास्थ्य केन्द्रको प्रगति विवरण सुधारका लागि भएका प्रयासबारे संस्थागत धारणा राख्नुभएको थियो।

समिक्षा कार्यक्रम भाद्र १० र ११ गते दुई दिनसम्म सञ्चालन भएको थियो भने समिक्षा कार्यक्रमलाई कीट संस्था कपिलवस्तुले आर्थिक सहयोग गरेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित