उमेश बि.क / नवलपरासी ,७ बैशाख
नेपाली काङ्ग्रेसको प्रभावशालि नेता तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे पहलमा पश्चिमी नवलपरासीको अन्तर्गत पर्ने “रणनितिक बाटो निर्माण” लागि सर्भे कार्य प्रारम्भ भएको छ ।

सांसद कण्डेलबाट सिफारिस भै निर्वाचन क्षेत्र बिकास बिशेष कार्यक्रम अन्तर्गत प्रारम्भको क्रममा रहेको नवलपरासी पश्चिम पाल्हिनन्द-२,भक्सिपुर देखि गोपालपुर-मुडेरा-गेर्मी-हर्दी हुदै रगरगन्ज-सनइ-पडरी सम्मको रु.४० करोडको लागतमा निर्माण हुने १४ कि.मि.बोर्डर क्षेत्रको “रणनितिक बाटो निर्माण” निर्माणकाे लागि सर्भे गर्ने कार्य साेमबार देखि प्रारम्भ भएको हाे।

साे योजनाको बारेमा केही दिन पहिले सडक बिभाग बुटवलका प्रमुख तथा प्रमुख इन्जिनियरबाट कार्यान्वयनका लागि गरिएको छलफल पश्चात् अावश्यक प्रक्रिया संगै सर्भे गर्ने कार्य प्रारम्भ भएको सांसद कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

