पुरन अधिकारी ,पश्चिम नवलपरासी
पश्चिम नवलपरासीबाट प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ ।
सुस्ता ५ को नारायणी नदिको ठोक्कर नम्बर ४ नजिकबाट सुस्ताको तरेनी बस्ने २२ वर्षिय सुनिल भेडियार पाललाई एक थान पेस्तोल र गोली सहित प्रहरीले नियन्त्रणमा लिएको हो । भारतबाट युपि ५७ ए जेड ५०१९ नम्बरको मोटरसाईकलमा नेपाल तर्फ आउदै गर्दा हतियार र नगद ४ हजार १ सय ५० रुपैयाँ, १ थान मोबाइल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि राजु लामाले जानकारी दिनुभयो । रामनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लोड भएको पेस्तोल सहित पाललाई नियन्त्रणमा लिईएको हो । घटनाका विषयमा थप अनुसन्धान भैइरहेको समेत प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

