उमेश बि.क / नवलपरासी ,३ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा विपद उत्थानशिल समुदाय निर्माणकाे लागि तथ्यांक संकलन तथा विश्लेषण समन्वय बैठक सम्पन्न भएको छ ।

सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा तथ्यांक संकलन तथा विश्लेषण समन्वय बैठक सम्पन्न भएको हाे ।
बाढी प्रभाभित क्षेत्र तथा साेबाट हुने क्षतिकाे तथ्यांक संकलन गरि अगामी दिनमा न्युनिकरण गर्ने विषयमा वडाकाे विपद क्रमगत रुपमा अाकल गरि बिस्तृत छलफल भएको हाे ।

साे कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले बाढीले धान बालि डुबान हुने र शिक्षा ,स्वास्थ क्षेत्रमा असर गर्ने भएकोले विभिन्न विपतहरु अाउने भएकोले समाधानका लागि लाग्न सुझाव दिदै बालबालिका ,महिला ,जेष्ठ नागरिक, अपांग ,पशु लगाएतमा हुने क्षतिकाे अाकलन गरि साे समस्या न्युनिकरणकाे लागि गाउँपालिका हमेशा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल , वडा नम्बर ६ वडा अध्यक्ष कैलास यादव , नेपाल रेडक्रस साेसाइटी जिल्ला कार्यसमिति अध्यक्ष राजेन्द्र अग्रहरी ,सुभान अलि अन्सारी लगाएतले महत्त्वपूर्ण सुझाव सहित अाफ्नाे बिचार राख्नुभएको थियाे ।

कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्ष ,रेडक्रस प्रतिनिधि लगाएतकाे उपस्थिति रहेको कार्यक्रम सहजिकरण बिश्व खाद्यान्न कार्यक्रम लुम्बिनी प्रदेश संयाेजक पन्नामान महर्जनले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

