महेश यादव ,नवलपरासी ,३१ चैत
पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मामा लागु पदार्थ नियुनिकरण सम्बन्धि मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।
लालिगुरास किशोर किशोरी सञ्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा लागु पदार्थ नियुनिकरण सम्बन्धि मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।
सञ्जालका अध्यक्ष बिशाल कुमार गाैतमकाे अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पवित्रा काेहारकाे प्रमुख अतिथतता र ए.वि.सि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको बिशिस्ट अतिथतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि काेहारले लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुले गर्दा सिङ्गो समुदायमा नकारात्मक असर परिरहेको छ साथै लागू अाैेसत सेवन गरि अाफ्नाे जीवन समेत खराब बनाईरहेका छन । समुदायमा भएका कतिपय अभिभावकहरुले समेत लागू अाैसत सेवन गरेकाले त्याे देखासिखिमा छाेरा छाेरिहरुले पनि सेवन गरेको अवस्थ छ । लागू अाैसत सेवन गर्नकाे लागि पैसा नभएको खण्डमा घर जग्गा तथा श्रीमतीकाे अन्य गरगहना बचेर पनि सेवन गर्ने गरेका छन ।जसका कारण किशोर किशोरी ,बालबालिका र तिनका भावि पुस्तामा ठुलाे असर पर्ने बताउनुभयो । र लागू पदार्थ सेवन गर्न समस्या नियुनिकरण गर्नका लागि हामिले अाफ्नै घर परिवार तथा छरछिमेक बाट लाग्नु पर्ने बताउदै अाफु सधैं सहयोग गर्ने बताउनुभएको थियो ।

साे अवसरमा बाेल्दै विशिष्ट अतिथि लामिछानेले ग्रामिण भेगमा लागुपदार्थ सेवन गर्नेहरुकाे संख्या बढ्दै गएको छ । नेपाल र भारतकाे खुला सिमा नाकाले गर्दा लागू अाैसत सजिलै सँग अाेसार पाेसार गर्ने भएकोले पनि किशोर किशोरी तथा युवा युवतिहरुले सेवन गर्ने गरेको पाईन्छ । कतिपयले परिवारिक कलह र मानसिक तनाव र बिदयालय छाेडेर साथिहरुकाे गलत सँगतले पनि लागू पदार्थ सेवन गरिरहेका छन् । र बढ्दाे लागू पदार्थ सेवन गर्ने समस्या लाई नियुनिकरण गर्नकाे लागि र समुदाय टाेलमा भएका बालबालिका ,किशोर किशोरी तथा तिनका अभिभावकहरुमा जनचेतना जगाउन अावश्क भएको बताए । र अायाेजक सञ्जाल प्रति अभार प्रकट गर्दै धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष गाैतमले लागू पदार्थ नियुनिकरण गर्नकाे लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अाएकाे बताए । र लागू पदार्थ सेवन गर्न तथा बिक्रीवितरण गर्ने ब्यक्तिहरुलाई कार्वाही गर्नु पर्ने बताउदै स्थानीय स्तरमा भएको दारु भढ्ढि र मदिरा पसलहरु बन्द गर्नु र बिक्रीवितरण मा राेक लगाउन अावश्क भएको बताउनुभएको थियोे ।

कार्यक्रममा अतिथिहरुमा वडा नम्बर ३ का वडा अध्यक्ष गाेधन प्रसाद हरिजन ,पत्रकार महेश यादव, एबिसि नेपालका कार्यक्रम अधिकृत क्रिति थापा , सुपरवाईजर बिष्नु परियार , संजित शर्मा , राजमन बरई , राजेश अार्या र भाेलेन्टियर मनिता ढकाल लगायतकाे सहभागीता रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

