Rashtriya Dainik

काभ्रे जिल्लामा द्रुत गतिमा बाल क्लब गठन हुदै

काभ्रे जिल्लाकाे बनेपा नगरपालिका वडा नं ११ मा बाल क्लव गठन कार्यक्रम सम्पन्न भएको छ ।

लामो समय देखि काभ्रे जिल्लाका बालबालिकाको अधिकार सुनिश्चित गर्न सक्रियता तत्परताका साथ नेपालीको पहिलो बाल मैत्री जिल्ला घोषणा गर्ने लक्ष्य लिएर बाल मैत्री अभियानमा लागिपरेको जिल्ला बालक्लब सन्जाल काभ्रेले आज आदर्श बाल मन्दिर स्कुलमा बाल क्लब पुनर गठन गरेको हाे ।


उक्त क्लब सोही बिधालयमा कक्षा ९ मा अध्यनरत छात्रा भुमिका के.सि को नेतृत्वमा २१ जनाको कार्य समिति गठन भएको हाे।

विद्यार्थीहरुलाई बालक्लब, बाल अधिकार बाल मैत्री स्तानिय शासन भनेको के हो भन्ने कुराहरुको अभिमुखिकरण गर्दै बालक्लब गठन गरियको हो ।

उक्त कार्यक्रममा लामो समय देखि बालबालिका र मानवअधिकारका क्षेत्रमा ठूलो योग्दान पुर्याउनु भएका जिल्ला बाल सन्जाल काभ्रेका अभिभावक भोजराज तिमिल्सिना र जिल्ला बालक्लब सन्जाल काभ्रेका अध्यक्ष सुबोध धिमालले बिद्यार्थीहरुलाइ सहजीकरण गर्दै तालिम प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा ५० भन्दा बढी बालबालिका लागायतका उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित