तुलसी राम पौडेल /फर्साटिकर,चैत्र २८
रुपन्देहीको शुद्दोधन गाउपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पसको १८ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट निर्वाचित संचालक समिति र लेखा समितिका पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।पुर्व रक्षामन्त्री एव नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाडले कार्यक्रमको उदघाटन गर्दै क्याम्पसको समग्र विकासको लागि आफ्नो महत्त्वपूर्ण जिम्मेवारी रहेकोे बताउनु भयो ।यज्ञोदय क्याम्पसमा लागू गरिने पाठ्यक्रम रास्ट एवं अन्तर्राष्ट्रिय जगतमा सम्बोधन गर्ने किसिमको हुनुपर्नेमा उहाको विशेष जोड थियो ।देशको विकासको युवा वर्गको महत्त्वपूर्ण भुमिका रहने हुदा युवा बर्ग सक्रिय हुनुपर्ने बताउनु भयो।
कार्यक्रममा संविधान सभा सदस्य सोनिया यादव ,लुम्बिनी प्रदेश सभा सदस्य पुस्पा चौधरी , शुद्दोधन गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,नेपाली काङ्ग्रेस ३ ख का सभापति प्रेम बहादुर फौदार ,क्याम्पस प्रमुख टंक प्रसाद पौडेल ,निवर्तमान अध्यक्ष मणिप्रसाद खनाल , यज्ञोदय क्याम्पस प्राध्यापक संघका अध्यक्ष लक्ष्मी आचार्य नव निर्वाचित क्याम्पस संचालक समिती अध्यक्ष रमेश खनाल ,उपाध्यक्ष नवलराज भट्टराई ,निवर्तमान कोषाध्यक्ष ओम प्रकाश ठाकुर ,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।त्यसै अवसरमा निर्वाचन संयोजक भिमप्रसाद सापकोटाले नव निर्वाचित क्याम्पस संचालक समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
निवर्तमान उपाध्यक्ष शेर बहादुर काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्राध्यापक झलक थापाले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

