Rashtriya Dainik

प्रचण्ड आज लुम्बिनीमा आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भैरहवा जाँदैछन ।

विभिन्न राजनैतिक छलफल तथा भेटघाटका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भैरहवा जान लागेका हुन ।

अध्यक्ष प्रचण्डले आज विहान ९ बजे लुम्बिनी प्रदेशका प्रदेश सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम भैरहवा विमानस्थल नजिकै रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगतको कार्यालयमा हुनेछ ।

त्यस्तै विहान १० बजे लुम्बिनीमा मायादेवि मन्दिर परिसरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले आज दिउँसा १२ बजे तैलिहवामा पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन ।

त्यसैगरी अपरान्ह ४ बजे लुम्बिनी सांस्कृतिक न.पा. अन्तरगत पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम लम्बिनीस्थित लुम्बिनि वौद्ध विश्वविद्यालयको हलमा आयोजना गरिएको छ । प्रचण्ड आजै साँझ काठमाडौं फर्कने छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित