कर्मचारीले महिलालाई दुर्ववहार गरेको भन्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा तालाबन्दी गरिएको छ।
सरावल गाउँपालिकाकाे कार्यालयमा अन्तर पार्टी महिला सञ्जालद्वारा ताला बन्दी गरिएको हाे।
अन्तर पार्टी महिला सञ्जालद्वारा विश्व नारी दिवसकाे अवसरमा पालिका स्तरीय भब्यताकाे साथ नारी दिवस सम्पन्न भई साे कार्यक्रममा हुन गएकाे खर्च बिल भरपाईकाे फर्छाैट गर्न गइकी अनिता कहाँर माथि लेखा प्रमुख नारायण पाण्डेयले अाप्पतिजनक शब्द प्रयाेग गरि लैंगिक हिंसा तथा दुर्ब्यवहार गरेकाे भन्दै महिला सञ्जालले घाेर भर्सना गर्दै गाउँपालिका गेटमा तालाबन्दी गरेका हुन।

बिलभरपाई हेरि दुख दिने र एक हप्ता देखि डकुमेन्टमा कमि कम्जोरी देखाएको तथा फर्छाैटकाे लागि गएकाे समयमा महिला सन्जाल सदस्य अनिता कहारलाई लेखाप्रमुख पाण्डेले अाप्पतिजनक शब्द प्रयाेग गरेको कहाँरले अाराेप लगाउनु भएको हाे।
अाप्पति जनक शब्द प्रयाेग गरेको भन्दै महिला सन्जाल अध्यक्ष मिना चाैधरी लगाएतकाे टाेलिले गाउँपालिका गेट अगाडि ताल्चा लगाएका हुन ।

साथै लेखा प्रमुख पाण्डेयलाई २४ घण्टा भित्र आवश्यक कार्वाही गरि सरुवा गर्न माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

