काठमाडौंँ । फिल्म ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । केही वर्ष अगाडिको चर्चित फिल्म ‘तोरी लाहुरे’ र ‘नेप्टे ’का चर्चित संगीतकार सन्तोष राज साहनीले यस चलचित्रामा संगीत गर्न लागेका हुन् । चर्चित संगीतकार सन्तोष राज साहनीको ‘तोरी लाहुरे’ नेपाली चलचित्रमा डेब्यु चलचित्र थियो ।
आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जी’ का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।
विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भूमिका रहने फिल्मका लागि एक हेरोइन भने चयन हुन बाँकी छ ।
प्रवेश पौडेलको कथामा पटकथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राज साहनीको संगीत, निरज कँडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।
नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ । सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । ‘फिल्मको कथाका लागि दुई वर्ष होमवर्क गरेका छौ । यसको कथा अहिलेसम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि विपिनलगायत कलाकारले मन पराएका छन् ।’ आफ्नो टिमको सबै कलाकारलाई समेत फिल्मको कथा राम्रो लागेको बस्नेतले सुनाए । फिल्म तिहारमा रिलिज लक्ष्य लिइएको फिल्मको प्रोडक्सन म्यानेजर दिलिप पन्त रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

