२० असोज, वीरगञ्ज । वीरगञ्जको माईस्थान मन्दिरदेखि गीता मन्दिरसम्मको सडकखण्ड जीर्ण छ । सडकमा गरिएको कालोपत्रे उप्किसकेको छ । खाल्डाखुल्डी बनेको छ । जसले गर्दा सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको छ । वर्षा हुँदा पानी जम्ने र घाम लागेपछि सडकबाट धुलो उडेर समस्या हुने गरेको स्थानीयको गुनासो छ । सोही सडकखण्ड मर्मत गर्न स्थानीयले वीरगञ्ज महानगरपालिकाको ध्यानाकर्षण गरेका छन् । वीरगञ्ज स्प्रिट क्लबले ७ दिन भित्र सडक मर्मत गरिसक्न महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेको छ । महानगरलाई बुझाएको पत्रमा माईस्थानदेखि गीत मन्दिरसम्मको सडकखण्ड जीर्ण भएका कारण ७ दिन भित्र सडक निर्माण गर्न माग गरेको हो । सडक जीर्ण हुँदा त्यस क्षेत्रमा रहेका व्यापार व्यवसाय सञ्चालनमा समेत समस्या परिरहेको व्यापारीहरुको भनाइ छ । क्लबका अध्यक्ष राजन गुप्ताले बुझाएको ज्ञापनपत्रमा ७ दिनभित्र सडक मर्मतसम्भार नगरे आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।