राष्ट्रिय दैनिक / नवलपरासी ,२० कार्तिक
राष्ट्रिय स्तरको छनोट खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागी भई प्रदेशलाई प्रथम स्थान दिलाउन सफल पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६, गडौरी निवासी युवा कबड्डी खेलाडी राहुल चौधरी सम्मानित भएका छन्।
अन्डर–२० (U-20) उमेर समूहका खेलाडी चौधरीले राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशलाई प्रथम स्थान हासिल गराउन महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनको खेलकुद क्षेत्रप्रतिको लगनशीलता, मेहनत र सफलताको उच्च मूल्यांकन गर्दै सरावल गाउँपालिकाले उनलाई गाउँपालिकामा आमन्त्रण गरी सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले खेलाडी राहुललाई सम्मान गर्दै खेलकुद क्षेत्रबाट गाउँपालिका, जिल्ला तथा प्रदेशको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

युवा खेलाडीको सफलताले सरावलका अन्य बालबालिका तथा युवालाई समेत खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले प्रतिभावान खेलाडीलाई प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

