२० असोज, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरेन्द्र पाण्डेलाई सहरी विकास मन्त्रालय लिन प्रस्ताव राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि पाण्डेलाई मन्त्री बन्न प्रस्ताव गएको थियो । तर पूर्वअर्थमन्त्री पाण्डेले भने अर्थ बाहेक अरुमा नजाने बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई अर्थ बाहेक अरु मन्त्रालयमा जान्न भनेको छु’, पाण्डेले अनलाइनखबरसँग । सहरी विकास मन्त्रालय अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले सम्हाल्दै आएका छन् । मोहम्मद इस्तियाक राईले राजीनामा दिएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सम्हालेका थिए । उनको राजीनामापछि नेम्वाङले सम्हाल्दै आएका छन् । सञ्चार र अर्थ मन्त्रालय पनि खाली छ । तत्कालीन अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुबै मन्त्रालय प्रधानमन्त्रीसँग छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमा पार्टी महासचिव विष्णु पौडेललाई लैजान चाहेका छन् । साथै मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका अध्यक्षद्धयबीच सहमति जुट्न बाँकी नै छ । दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा यसबारे छलफल हुने बताइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।