राष्ट्रिय दैनिक / नवलपरासी ,६ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासामा “BMH Fitness Club” मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा व्यवसायी तथा फिटनेसप्रेमी नवराज डुम्रे (नामु दा) को पहलमा स्थापना गरिएको उक्त फिटनेस क्लबले स्थानीय युवायुवतीलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आधुनिक उपकरणसहित सञ्चालनमा आएको क्लबमा शारीरिक तन्दुरुस्ती, फिटनेस प्रशिक्षण तथा स्वास्थ्यसम्बन्धी विभिन्न अभ्यास गराइने जनाइएको छ। गाउँमै व्यवस्थित फिटनेस सेन्टर सञ्चालनमा आएपछि स्थानीय युवालाई बाहिर धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

क्लब उद्घाटन कार्यक्रममा स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरुले पछिल्लो समय युवामा बढ्दै गएको स्वास्थ्य समस्या तथा अस्वस्थ जीवनशैलीलाई सुधार गर्न यस्ता फिटनेस सेन्टर आवश्यक रहेको बताएका थिए।
क्लब सञ्चालक नवराज डुम्रेले स्वस्थ शरीर नै सफल जीवनको आधार भएकाले गाउँमै गुणस्तरीय फिटनेस सेवा दिने उद्देश्यले क्लब सञ्चालन गरिएको जानकारी दिए। उनले आगामी दिनमा फिटनेससँगै स्वास्थ्य सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको बताए।

स्थानीय बासिन्दाले पनि “BMH Fitness Club” को सञ्चालनले युवामा सकारात्मक ऊर्जा, अनुशासन र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

