आरपि उपाध्याय / नवलपरासी ,६ जेठ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकामा हुलाकी सडक निर्माण कार्यमा भएको ढिलाइबारे स्थानीयहरुले ठेकेदार कम्पनीले प्रयोग गरेको सवारीसाधन रोकि विरोध जनाएका छन।
बज्रगुरु महालक्ष्मी जे.बि. ललितपुर कुपनटोलले हुलाकी सडक निर्माणको लागि ठेक्का लिइएकोमा उक्त कम्पनीले सुस्ता गाउँपालिका अन्तर्गतको सडक अझै पनि निर्माण कार्य अगाडि नबढाइएको भनी जनप्रतिनिधि सहित स्थानीयले कम्पनीले प्रयोग गरेको एक दर्जन टिप्पर रोकि विरोध जनाइएको सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषाधले जानकारी दिएका छन।

सुस्ता गाउँपालिका वडा न.५ मा पर्ने नारायणी नदीबाट हुलाकी सडक निर्माण गर्ने प्रयोजनले उठाइएको गिट्टी,ढुङ्गा सुस्ता अन्तर्गतकै हुलाकी सडकमा प्रयोग नभएको भनी विरोध गरिएको थियो।
मङ्गलबार बिहान ८ बजेदेखि ९ बजेसम्म गरिएको विरोध कार्यक्रममा पालिका अध्यक्ष टेकनारायण उपाध्यायले जनताको माग बमोजिम नै ठेकेदार कम्पनीले सुस्ता अन्तर्गतका हुलाकी सडक तत्काल मर्मत गर्नुपर्ने बताउदै अब पनि जनताले भोग्दै आएको सास्ती सहन नसकिने बताउनु भयो।
त्यसैगरी विरोध कार्यक्रम स्थालमा आएका ठेकेदार कम्पनीका प्रतिनिधि झबिलाल अधिकारीले सुस्ताको फेनहरादेखि कुडियासम्म धेरै बिग्रेका सडकहरुमा भोलिदेखी नै ग्राइबलद्वारा सडक मर्मत गरिने आश्वासन दिएका छन।

विरोध कार्यक्रममा सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया,४ का वडा अध्यक्ष निल बहादुर गुरुङ र जनप्रतिनिधि सहित स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

