Rashtriya Dainik

भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र !

नवलपरासी २८ बैशाख : नवलपरासीमा भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले संयुक्त आन्दोलनको क्रममा सोमबार प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । “भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संयुक्त संघर्ष समिति नवलपरासी” सरकारले राज्य आतंक सिर्जना गरेर सुकुम्बासीलाई बिना विकल्प घरबासबिहीन बनाउने कार्य गरिरहेकोले त्यसका बिरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा समितिका संयोजक चुडामणि भण्डारीले जनताको आवासको अधिकार सुनिश्चित गर्नुको सट्टा उल्टै दमनमा उत्रनु दु:खद रहेको बताए ।

ज्ञापनपत्र बुझ्दै नवलपरासीका प्रजिअ दीपकराज नेपालले संघर्ष समितिबाट प्राप्त ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालय सम्म तुरुन्त पठाउने प्रतिबद्धता जाहेर गरे । संघर्ष समितिका अनुसार ३० गते पालिकामा मागपत्र बुझाउने, जेठ ५ गते जिल्लामा सक्रिय राजनितिक दल लगायत सङ्ग सर्वपक्षीय अन्तरक्रिया,जेठ ११ गते जिल्लाब्यापी बृहत आन्दोलन गरिनेछ । उक्त संघर्ष समितिमा ६ वटा सुकुम्बासी संघसंगठन आबद्ध छ्न् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित