Rashtriya Dainik

चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं , बैशाख २८

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही चेक अनादर (बैंकिङ कसुर) सम्बन्धी मुद्दामा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।

प्रहरीले जनाएको अनुसार शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बैंकमा साट्न खोज्दा रकम नभएपछि चेक बाउन्स भएको थियो। सोही घटनापछि पीडित पक्षले उजुरी दिएपछि उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको हो।

मुद्दा दर्ता भएपछि अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि उनलाई म्याद थप गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई वैशाख २५ गतेसम्मका लागि म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भैरवी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। घटनासँग सम्बन्धित थप तथ्य र प्रमाण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित