Rashtriya Dainik

नेपाली काङ्ग्रेसको ‘जरा अभियान’ दुम्किबासबाट शुभारम्भ, सदस्यता अध्यावधिकमा जोड

आरपि उपाध्याय / नवलपरासी ,२६ बैशाख

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँ कार्यसमितिको आयोजनामा जरा अभियान सहितको प्रशिक्षण कार्यक्रम पुर्वी नवलपरासीको दुम्किबासमा शनिबार शुभारम्भ भएको छ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँ कार्यसमितिका सभापति अजित थापाको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य जित नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले नेपाली काङ्ग्रेसद्वारा सञ्चालन भएको जरा कार्यक्रमको माध्यमबाट वडा तहदेखि नै पार्टीलाई उर्जावान सहित बलियो बनाउने धारणा राख्नुभयो।
केन्द्रिय सदस्य श्रेष्ठले जरा कार्यक्रमको माध्यमबाट पार्टीको क्रियाशिल सदस्यतालाई अध्यावधिक गरिने र सबै तहका नेताकार्यकर्ताहरु वडा कार्यसमितिको कार्यालयमा गई फोटो खिचाउनुका साथै सदस्यतालाई क्रियाशिल गर्ने प्रक्रियाबाट वडा तहका कार्यकर्ता माथि वास्तविक न्याय हुने जिकिर गर्नुभयो।

कार्यक्रममा कम्प्युटर प्राविधिक सुजन कंडेलले जरा अभियान कार्यक्रम अन्तर्गत क्रियाशिल सदस्यता अध्यावधिक गर्ने प्रशिक्षण दिनुभएको थियो।

सो अवसरमा क्षेत्रीय सभापति सुर्य बहादुर गुरुङ र नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,जिल्ला कार्यसमिति सदस्य, प्रदेश क्षेत्रका नेताकार्यकर्ता,वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको आयोजकले बताएको छ।

नेपाली काङ्ग्रेसद्वारा सुरुवात गरिएको जरा अभियान कार्यक्रमबाट वडा तहदेखि पालिका क्षेत्र,तहसम्मका कार्यकर्ता र नेताहरुको वास्तविक मुल्यांकन सहित अभिलेखिकरण चुस्त दुरुस्त रहने विश्वास पनि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित