Rashtriya Dainik

समाजसेवा र राजनीतिमा सक्रिय प्रदिप कुमार अग्रहरीको योगदान प्रेरणादायी

राष्ट्रिय दैनिक / नवलपरासी , २६ वैशाख ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ पिपरा निवासी प्रदिप कुमार अग्रहरी लामो समयदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्।

२०२७ सालमा जन्मिएका अग्रहरी नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्तासँगै शिक्षा, स्वास्थ्य तथा मानवीय सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

उहाँ २०६६ सालमा तत्कालीन नवलपरासी क्षेत्र नम्बर ५ बाट नेपाली काङ्ग्रेसको क्षेत्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यसपछि पनि पार्टी संगठन सुदृढीकरण र जनताको पक्षमा आवाज उठाउने कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली काङ्ग्रेस सरावल गाउँपालिका अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै उपविजेता बन्नुभएको अग्रहरी पार्टीभित्र लोकप्रिय तथा संघर्षशील नेताका रूपमा चिनिनुहुन्छ।

राजनीतिसँगै उहाँ सामाजिक सेवामा पनि उत्तिकै समर्पित रहनुभएको छ। नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाको सभापतिको जिम्मेवारी सम्हाल्दै विपद्, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

त्यसैगरी, बालपुरी प्रावि पिपराको विद्यालय व्यवस्थापन समिति अध्यक्षका रूपमा लगातार दुई कार्यकाल गरी ८ वर्षसम्म नेतृत्व गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय योगदान दिनुभएको स्थानीयवासी बताउँछन्।

अग्रहरी गरिब, दुःखी तथा विपन्न समुदायका नागरिकलाई आर्थिक सहयोगदेखि विभिन्न सामाजिक सहयोगमा सधैं अग्रसर रहने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ। उहाँको समाजसेवा र जनताप्रतिको समर्पणले स्थानीय स्तरमा विशेष पहिचान बनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित