Rashtriya Dainik

आजको राशिफल| Today Horoscope

आजको राशिफल – Today’s Horoscope
२०८३ वैशाख ८ गते (२१ अप्रिल २०२६) मंगलवार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि, ८:४४ बजेपछि पञ्चमी। राेहिणी नक्षत्र, ८:२७ बजेपछि मृगशिरा (क्षय)। चन्द्रराशि वृष, १७:३६ बजेपछि मिथुन।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भाैतिक साधन प्राप्त हुनेछन्। नियमित काममा मनग्य फाइदा हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
रमाइलाे पारिवारिक भेट र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा लगाव बढ्नुका साथै रचनात्मक कार्य सम्पादन गर्ने समय छ। सानो प्रयत्नले काम बन्नेछ र कीर्तिमानी कामकाे यश लिने अवर प्राप्त हुनेछ। बाहिर आलोचना गर्नेहरूले पनि व्यवहारमा अवसर प्रदान गर्नेछन्। साँझतिर लाभ उठाउन सकिनेछ। आयस्राेत सबल बन्ने समय छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम थाल्ने र गरेका कामबाट लाभ उठाउने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। भाैतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर काममा बाधा पुग्ने र खर्च बढ्ने सम्भावना देखिन्छ। सञ्चित रकम पनि बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले नयाँ काम गर्ने माहाेल बन्नेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। सामाजिक कामकाे जिम्मेवारी पाइनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
केही समय अरूका काममा खर्चनुपरे पनि साथीभाइ र शुभचिन्तकको सहयोग जुट्नेछ। आजकाे मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। काममा जाेश–जाँगर बढ्नेछ। सामान्य कामबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। नयाँ काम गर्ने अवसर जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
व्याहारिक समस्याले याेजना रोकिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। काम राेकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको सहयाेग जुट्नेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्रप्त हुने समय छ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
सुरुमा अपेक्षित फाइदा उठाउन नसकिए पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले बिस्तारै लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि व्यापारमा फाइदा र अध्ययनमा प्रगति हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। साँझतिर सम्बन्ध बिग्रनाले साथीभाइ टाढिन सक्छन्। आफन्तसमेत टाढिने भयले सताउन सक्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित