Rashtriya Dainik

मालपोत कार्यालय रुपन्देहीमा घुसकाण्ड : नायब सुब्बा ५ लाख ५० हजार रकमसहित रंगेहात पक्राउ

राष्ट्रिय दैनिक /रुपन्देही,४ बैशाख ।

मालपोत कार्यालय रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सेवाग्राहीसँग जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गरिदिने बहानामा घुस मागेको उजुरीका आधारमा खाम्चालाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार उनले सेवाग्राहीबाट लिएको रू. २ लाख घुस रकमसहित स्रोत नखुलेको थप रू. ३ लाख ५० हजार नगद र एक थान मोबाइलसहित सिद्धार्थनगर नगरपालिका–१३ बाट रंगेहात पक्राउ परेका हुन्।

उक्त घटना मिति २०८३ वैशाख ४ गतेको हो। हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पछिल्लो समय मालपोत कार्यालयमा हुने भ्रष्टाचारका घटनाले सेवाग्राहीहरूलाई सास्ती थपिरहेको अवस्थामा यो पक्राउलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित