Rashtriya Dainik

दिग्गज गायिका आशा भोसलेको निधन, ९२ वर्षको उमेरमा संसारबाट बिदा

मुम्बई — भारतीय संगीत जगतकी चर्चित तथा दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

अस्पतालका चिकित्सकका अनुसार हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेले हजारौँ यादगार गीत गाएर भारतीय संगीतमा अमिट छाप छाडेकी थिइन्।

सन् १९३३ मा महाराष्ट्रको सांगलीमा जन्मिएकी आशा भोसले प्रसिद्ध शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी हुन्। उनकी दिदी लता मंगेश्कर पनि भारतीय संगीतकी महान गायिका हुन्। बाबुको निधनपछि परिवार मुम्बई सरेको थियो, जहाँ दुवै दिदीबहिनीले सानै उमेरदेखि गायन यात्राको सुरुवात गरेका थिए।

आशा भोसलेले आफ्नो जीवनकालमा करिब १२ हजारभन्दा बढी गीत रेकर्ड गरेकी थिइन्, जसका कारण उनको नाम गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ। उनले हिन्दी, मराठी लगायत विभिन्न भाषाका गीतहरूमा आवाज दिएकी थिइन्।

उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। उनका गीतहरू र योगदानलाई संगीतप्रेमीहरूले सधैं सम्झिरहनेछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित