आरपि उपाध्याय / नवलपरासी ,२९ चैत
नेपालको प्रमुख धार्मिक धरोहरहरु मध्ये एक मानिने गण्डकी प्रदेश बाग्लुङ जिल्लामा पर्ने सर्व सिद्धी धाम पञ्चकोटको महिमा बढ्न थालेपछि भक्तजनहरुको बाक्लो उपस्थिति हुन थालेको छ।
भौगोलिक विकटता र प्राकृतिक सौन्दर्यताले भरिएको सर्व सिद्धी धामको रुपमा २०७१ सालदेखि ख्याति पाएको उक्त धाम अहिले हिन्दु धर्मावलम्बी र बाह्य पर्यटकहरुको प्रमुख गन्तव्य बन्न पुगेको हो।
समुद्र सतहदेखी करिब २ हजार मिटर उचाईमा रहेको सर्व सिद्धी धाममा १५१ फिट अग्लो कलशले शोभायमान रहेकोे छ भने सिस महल,बजलङ्ग बली र कार्तिके कुमारको विशाल मुर्तिले सर्व सिद्धी धामको महिमा र गरिमालाई बढाएको जानकारीमा आएको छ।
धाममा रहेको शिक्षालयमा स्तरोन्नति गर्दै निकट भविष्यमा विश्वविद्यालय स्तरीय अध्यापन सहित धार्मिक अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेकोे पनि बताइन्छ।
सर्व सिद्धी धामका मुख्य पिठाधिस समेत रहनु भएका मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले लामो समयदेखि उक्त धाममा रहि जप,तप, आराधना र साधना गर्दै आउनु भएको अवस्थामा पञ्चकोटमा पुग्नु भएका हाम्रा वरिष्ठ संवाददाता आर.पि. उपाध्यायले सर्व सिद्धी धाममा गई पिठाधिस नयनाचार्य संग संक्षिप्त कुराकानी गर्नुभएको छ।
उक्त कुराकानीमा नयनाचार्यले आफ्ना भक्तजनहरुलाई धार्मिक र अध्यात्मिक शिक्षाबाट समुन्नत समाजको निर्माण गर्न सकिने मुल मन्त्र रहेको बताउदै सम्पुर्ण राष्ट्र प्रेमीलाई जल सम्पदाको संरक्षण गर्नुपर्ने र जल नै हाम्रो सम्पत्ति हो,यो सम्पत्तिलाई बचाउनुको साथै हिन्दु धर्म संस्कृतिलाई मुख्य केन्द्रविन्दु बनाइ आस्था र भक्तिको लक्ष्यबाट नै गन्तव्यमा पुग्न सकिने जिकिर गर्नुभयो ।
उहाँले हिन्दु धर्मको रक्षाबाट नै हिन्दु संस्कृतिलाई सबै ओमकार परिवारले अन्तर हृदयदेखि नै मनन गर्नुपर्ने बेला आएको पनि बताउनु भयो।
नयनाचार्यले मुक्तिनाथ,त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाम सहित भारतका विभिन्न तिर्थ स्थलहरुलाई हिन्दु धर्मको गन्तव्य स्थल बनाउनु पर्ने चर्चा गर्दै देव भूमिको रुपमा रहेको नेपाललाई रक्षा गर्नु हामी सबैको परम कर्तव्य रहेको पनि नयनाचार्यले अन्तरवार्ता कै क्रममा प्रष्ट्याउनु भएको छ।
स्वामी नयनाचार्यले एक प्रसङ्गमा नवलपुर,विनयी त्रिवेणी ६ स्थित त्रिवेणी धाममा रहेको गजेन्द्र मोक्ष धाममा २०४८ सालदेखि आफ्नो कर्म भूमि बनाइ जप,तप,उपासना गर्दै आउनु भएका नयनाचार्यले त्रिवेणीलाई पनि पहिचान सहितको तिर्थस्थल बनाउन गर्नुभएको महाकामना अनुसार विशाल काय गजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर,सिस महल,कामधेनु गौशाला, दक्षिण एसिया मै उत्कृष्ट कलशले शोभायमान रहेको त्रिवेणीको महिमा बढाउने अपेक्षा गर्दै आएका छन भने त्रिवेणीदेखी दुम्किबाससम्म सडक निर्माण कार्यमा राज्य पक्षको ध्यानाकर्षण हुने उत्तम समय रहेकोे पनि उहाँले प्रष्ट पार्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

