राष्ट्रिय दैनिक /नवलपरासी ,२३ चैत
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो तथा समग्रमा २०औँ गाउँसभा (हिउँदे) आजबाट सुरु भएको छ।
गाउँसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले विकास निर्माणका कामलाई तीव्रता दिन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
गाउँसभामा प्रस्तुत विवरणअनुसार हालसम्म पालिकाको वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत पुगेको प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड (कहार) ले जानकारी दिए। उनका अनुसार विभिन्न पूर्वाधार निर्माण, सामाजिक विकास तथा सेवा प्रवाहसँग सम्बन्धित योजनाहरू सन्तोषजनक रूपमा अघि बढिरहेका छन्।

उपाध्यक्ष फातुमा खातुन अन्सारीले गाउँसभालाई प्रभावकारी बनाउँदै जनअपेक्षाअनुसारका कार्यक्रमहरूलाई प्राथमिकता दिने बताइन्। उनले पारदर्शिता र उत्तरदायित्व कायम गर्दै विकासलाई परिणाममुखी बनाइने उल्लेख गरिन्।

गाउँसभामा चालु योजनाहरूको समीक्षा, बजेट कार्यान्वयनको अवस्था तथा आगामी कार्यक्रमबारे छलफल भइरहेको छ। जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागितामा जारी गाउँसभाले पालिकाको समग्र विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

