Rashtriya Dainik

पाल्ही भगवतीमा चैते दशैं विशेष पूजा,कण्डेलद्वारा पारम्परिक नृत्य पूजा,भाकल पूरा हुने विश्वासले दैनिक घुइँचो

राष्ट्रिय दैनिक / नवलपरासी,१२ चैत्र

रामनवमी (चैते दशैं) को पावन अवसरमा पाल्हिनन्दन–४ स्थित शक्तिपीठ पाल्ही कोटकी काली भगवती मन्दिरमा पारम्परिक नित्य पूजा भव्य रूपमा सम्पन्न भएको छ।

चैते दशैंकाे विशेष दिनमा पूर्व मन्त्री देबेन्द्रराज कण्डेलले पारम्परिक नृत्य पूजा सम्पन्न गर्नुभएको छ।

मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको थियो। स्थानीयदेखि टाढा–टाढाका भक्तजनहरूका साथै छिमेकी देश भारतबाट समेत दर्शनका लागि आउने क्रम उल्लेख्य रहेको छ।

यहाँ मागेको भाकल पूरा हुने जनविश्वासका कारण हरेक दिन भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीयले बताएका छन्।
पाल्ही भगवती मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई विभिन्न सामाजिक तथा पारिवारिक कार्यका लागि समेत प्रसिद्ध बन्दै गएको छ। यहाँ विवाह, भाकल पूरा भएपछि बलि चढाउने परम्परा, साथै परिवार तथा साथीभाइसँग पिकनिक मनाउने चलन समेत रहेको छ, जसले मन्दिर परिसरलाई अझ जीवन्त बनाएको छ।

कण्डेलद्वारा सम्पन्न गरिएको पारम्परिक नृत्य पूजा धार्मिक आस्था र सांस्कृतिक परम्पराको महत्वपूर्ण झल्कोका रूपमा लिइएको छ। यसले मन्दिरको धार्मिक महत्त्वलाई अझ उजागर गरेको भक्तजनहरूको भनाइ छ।

पाल्ही भगवती मन्दिर पछिल्लो समय यस क्षेत्रकै प्रमुख आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ, जहाँ विशेष पर्वहरूमा पूजाआजा, आरती तथा विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिँदै आइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित