Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म छरछरे चितवनले सरसफाइ सहित जनचेतनामूलक सम्पन्न

आरपी उपध्याय / नवलपरासी

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म छरछरे चितवनले सरसफाइ सहित जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ।
माणी नगरपालिका ५ मा रहेकोे राधापुर महिला समुहको समन्वयमा कालिका मन्दिर सरसफाइ सहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो।

सरसफाइ कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो।

सरसफाइ कार्यक्रममा सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकराज गुरुङले मन्दिर सफाइ सहितको अन्य सामाजिक क्रियाकलापमा सशस्त्र प्रहरी बलले सफाइ गरेको र उक्त कार्यक्रममा ३० जना एपीएफका जनशक्तिहरुले मन्दिर सफाइ कार्यक्रममा सहभागिता रहेको नायब उपरीक्षक गुरुङले बताउनु भयो।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको छरछरे गुल्मले माणी कै वडा न.३ बसन्तपुर स्थित फिसल्याण्ड बोर्डिङ्ग स्कुलका बालबालिकाहरुलाई आगलागी तथा चट्याङ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको थियो।

आगलागी तथा चट्याङ सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई सहजीकरण गर्दै गुल्मपती गुरुङले आगलागी र चट्याङका कारण हुने धनमालको क्षति रोक्ने सम्बन्धि सहजीकरण गर्नुभएको गुल्मले बताएको छ।

गर्मीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको पनि आयोजकले जनाएको छ।
सशस्त्र प्रहरी बलको नियमित कार्यक्रम अन्तर्गत स्कुलका बालबालिकाहरुलाई सचेतनामूलक कार्यक्रम अन्तर्गत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकाहरुलाई सचेत गराउन उक्त कार्यक्रमको उद्देश्य रहेकोे पनि गुल्मपती गुरुङले जानकारी दिनुभयो। सचेतनामूलक कार्यक्रममा ५० छात्रछात्राहरुको उपस्थिति रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित