Rashtriya Dainik

निःशुल्क शिक्षामा अझै चुनौती : सरावलमा सरोकारवालाको चासो

राष्ट्रिय दैनिक / नवलपरासी ,११ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि सहजिकरण कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई पश्चिमी नवलपरासीको आयोजना तथा सुस्ता गाउँपालिकाको समन्वयमा जनता मा.बि मनरीकाे सभाहलमा एक दिवशीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

जनता मा.बि मनरीकाे प्रधानाध्यापक ओम प्रकाश अधिकारीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम शिक्षा विकास समन्वय इकाईका शाखा अधिकृत सुवासचन्द्र गौतमले कार्यक्रमको उद्देश्यसहित सहजीकरण गर्नुभएको थियो।


सो अवसरमा उपस्थित सहभागीहरुले हालसम्म प्राप्त दरबन्दीबाट अध्यापन कार्यमा आएको जटिलता तथा अनिवार्य र नि:शुल्क शिक्षा भएपनि विभिन्न बहानामा केही विद्यालयहरुले रकम असुली गरेको बारे चिन्ता सहित जिज्ञासा राखेका थिए।

सहभागीहरुद्वारा उठेको प्रश्नकाे जवाफ दिदै शिक्षा शाखा समन्वय इकाईका प्रमुख महेन्द्र सुवेदीले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि सबैले अबदेखि लाग्नुपर्ने बताउनुभयो । नेपालमा चलेकाे विभिन्न अभियान जस्तै अब अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि अभियान चलिरहेकोले याे अभियान सफल पार्नकाे लागि सबैले हातेमालो गर्न जरुरी छ । हाम्रो समुदामा भएका सबै बालबालिका विद्यालयकाे पहुचमा हुनुपर्ने बताउदै अब बालबालिकाकाे अवस्था र परिस्थिति बुझि विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाकाे पहुँच अनिवार्य हुनुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पालिकाले शिक्षा क्षेत्रमा विशेष लगानी सहित काम गरिरहेकाे बताउनुभयो । सिमित साधन स्रोतलाई प्रयोग गर्दै उच्च मनोबलका साथ शिक्षण क्रियाकलाप गरियो भने शिक्षाको गतिलाई अगाडि बढाउन सकिने बताउदै उहाँले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन वास्तविक तथ्यांक कार्यक्रमलाई आत्मसात गर्न सकियो भने त्यसको परिणाम पनि सुखद रहने बताउनुभयो । वहाँले गुणस्तरीय शिक्षाकाे लक्ष्य सहित पालिकाले २.७५ करोड बजेट शिक्षा क्षेत्रमा मात्रै परिचालन गरेको जिकिर गर्नुभएको थियो ।

पालिका अध्यक्ष चाैधरीले वर्तमान समयमा गुणस्तरीय शिक्षा नै समयको माग रहेकोले त्यसतर्फ सबै पक्ष गम्भीर रहनुपर्ने जोड दिदै राज्यले शिक्षा क्षेत्रमा अझ बढी रकम लगानी गरेमा त्यसको नतिजा पनि अविलम्ब प्राप्त हुने जिकिर गर्नुभयो।


कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन,शिक्षा शाखा प्रमुख प्रमाेद यादव ,सरावल २ वडा सदस्य तुफानि लाल गुप्ता लगाएतले शिक्षामा आवश्यकता अनुसारको परिवर्तन गर्नको लागि दक्ष जनशक्ति र गुणस्तरीय शिक्षाले मात्र राज्यले अपेक्षा गरे अनुसारको उत्पादनशील जनशक्ति तयार पार्न सकिने विचार व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित