राजन कुमार बानिया
पर्सा १० चैत
बिधार्थीहरु लाई प्रोत्साहन गर्दै पर्सा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर शाक्यले अगामी SEE परीक्षा लाई लक्षित गरी विशेष पुरस्कारको घोषणा गरेका छन। अगामी SEE परीक्षामा पर्सा क्षेत्र नं ४ भरीमा पहिलो स्थानमा उतिर्ण हुने एक जनालाई ५१ हजार एक सय एगारह रुपैयाँ नगद पुरस्कार दिने साँसद शाक्यले घोषणा गरेका छन। साथै ६ वटा पालिका बाट प्रतेक पालिका स्तरियमा बढि अंक लयाएर पहिलो हुने उत्कृष्ट भई अाउने बिधार्थीलाई २१ हजार एक सय एगारह रुपैयाँ नगद पुरस्कार प्रदान गरिने घोषण गरेका छन। प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर शाक्यले भने बिधार्थी हरुलाई उच्च मनोबल बढाउन र उच्च शिक्षाको पठनपाठनमा ठूलो सहयोग पुगने साँसद शाक्यले बताए । क्षेत्र नं ४ को बिकास शिक्षा ,स्वास्थ्य ,कृषि ,रोजगारी , भौतिक निर्माण लगायतको लागि अाफु पहिलो प्राथमिकतामा राखेको छु। जनता हरुले देशमा परिवर्तन खोजेका छन। अबको सरकार देशमा परिवर्तन ल्याउने सुशासन कायम गरि जनताहरुमा महसुस गराउने साँसद शाक्यले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

