Rashtriya Dainik

गोप्य सूचनामा प्रहरीको छापा : भन्सार छलिका लाखौंका सामान बरामद

बिनोद निगम / नवलपरासी , ९ चैत

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ भडेरीमा अवैध रूपमा भन्सार छलि गरी लुकाइ राखिएको ठूलो परिमाणको सामान प्रहरीले बरामद गरेको छ।
आज दिउँसो करिब १:३० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको कमाण्डमा खटिएको संयुक्त टोलीले प्रमिला यादवको दुईतले पक्की घरको भुइँतल्लामा रहेको भाडाको सटर कोठामा छापा मारेको थियो।
छापामार कारबाहीका क्रममा विभिन्न कम्पनीका मोबाइल ग्लास २२,५०० थान (अन्दाजी मूल्य रु. ५ लाख ६१ हजार) र AirPods Pro १९० थान (अन्दाजी मूल्य रु. २ लाख ८५ हजार) बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको कुल अन्दाजी मूल्य रु. ८ लाख ४६ हजार रहेको छ।
बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बीर दत्त पन्तले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित