Rashtriya Dainik

एमालेको कारबाही : अन्तर्घात आरोपमा गाउँपालिका उपाध्यक्ष मुना राई निलम्बन

धनकुटा ,२८ फागुन – नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ। प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेपछि मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।
जिल्ला अध्यक्ष शिव आङ्लाका अनुसार बैठकमा उठेको विषयका आधारमा उपाध्यक्ष राईलाई निलम्बन गर्ने निर्णय गरिएको हो। उनी साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुन्।
त्यस्तै, निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका अन्य कार्यकर्तामाथि पनि कारबाहीको प्रक्रिया अघि बढाइएको छ। यसका लागि भीम राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन्।
उता उपाध्यक्ष मुना राईले भने आफूलाई गरिएको भनिएको कारबाहीबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको बताएकी छन्। विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित