काठमाडौं ,२८ फागुन — निर्वाचन आयोगले धनुषा–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवको जितलाई औपचारिक रूपमा मान्यता दिएको छ। बिहीबार नतिजा सार्वजनिक गर्दै आयोगले यादवको जितलाई मान्यता दिएको हो।
यससँगै नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जितको प्रमाणपत्र प्रदान गरेको भए पनि आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थिएन।
धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको भए पनि मतगणनामा सबैभन्दा बढी मत उनैले पाएका थिए। यस कारण उनी सर्वोच्च अदालत पुगेकी छन्।
यद्यपि अदालतले अन्तरिम आदेश नदिए पनि आयोगले नतिजा सार्वजनिक नगरेको थियो। आयोगले उम्मेदवारी खारेज भएका किशोरी साह कमलले कति मत पाएकी थिइन् भन्ने विवरण खुलाएको छैन। आयोगको अनुसार यादवले १० हजार ४३० मत पाएका छन्।
समानुपातिक मतमा धनुषा–१ मा रास्वपा एक्लैले ४१ हजार ८०३ मत पाएको छ, जबकि नेकपाले ७ हजार ३४७ मत मात्रै पाएको छ। रासस
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

