काठमाडौँ,२३ फागुन । ‘इपि सेन्टर’का रुपमा हेरिएको झापा-५ मा बालेन्द्र शाह (बालेन)ले ओलीलाई झण्डै ५० हजार मतले हराएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार ओली ४९ हजार ६ सय १४ मतले हारेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले कुल ६८ हजार ३ सय ४८ मत पाएका छन् ।
त्यस्तै एमालेका केपी शर्मा ओलीले जम्मा १८ हजार ७ सय ३४ मत पाएका छन् । यता नेपाली काँग्रेसकी मन्दरा चिमरियाले १ हजार ८ सय २१ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १ हजार ४ सय ६१ मत पाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

