Rashtriya Dainik

एमाले उम्मेदवार लेखनाथ खरेल र रिङगला यादवद्वारा पाल्हिनन्दनमा घरदैलो तथा मतदातासँग प्रत्यक्ष संवाद

राष्ट्रिय दैनिक / नवलपरासी,१४ फागुन

नवलपरासी बसुप क्षेत्र नं. २ का नेकपा एमालेका प्रत्यक्षतर्फ उम्मेदवार लेखनाथ खरेल र समानुपातिक उम्मेदवार रिङगला यादवले पाल्हिनन्दन गाउँपालिकामा घरदैलो कार्यक्रमको माध्यमबाट मतदातासँग प्रत्यक्ष संवाद गर्नु भएको छ।

उक्त अभियान अन्तर्गत उम्मेदवारहरूले स्थानीय विकास, शिक्षा, स्वास्थ्य र कृषिजन्य आवश्यकताहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

घरदैलो कार्यक्रममा स्थानीय कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले उम्मेदवारहरूको जनसम्पर्कलाई थप बलियो बनाएको छ।


एमालेका नेता–उम्मेदवारहरूले मतदातासँगको संवादलाई आगामी निर्वाचनमा विश्वास र सहकार्य जुटाउने रणनीतिक पहलको रूपमा व्याख्या गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित