काठमाडौँ ,११ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबदेखि चुनावी प्रचारका क्रममा आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ।
आइतबार निर्वाचन आयोग ले प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको हो। यसअघि रास्वपाका उम्मेदवारहरूले प्रचारका क्रममा घण्टी बजाउँदै मत माग्दै आएका थिए।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार केही दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचार–प्रसार गर्दा भौतिक रूपमा चिह्न बोकी प्रयोग गर्दा जनसमुदायको शान्ति र मर्यादामा प्रतिकूल असर परेको भन्ने सूचना तथा गुनासोहरू प्राप्त भएपछि यस्तो आग्रह गरिएको हो।
आयोगले सबै दल र उम्मेदवारलाई शान्त, मर्यादित र कानुनसम्मत ढंगले चुनावी प्रचार गर्न पुनः ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

